नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफामा झिनो सुधार

काठमाडौं, ३१ साउन । नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफामा झिनो सुधार भएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १.९२ प्रतिशतले बढेको छ ।

कम्पनीले गत असार मसान्तसम्म ४० करोड ८८ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७६ लाख रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीले ४० करोड १२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुनर्बीमाबाट हुने कमिसन र अन्य आयबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफामा सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिसनबाट प्राप्त हुने आम्दानी ४२.५९ प्रतिशतले बढेर ४ करोड ६५ लाख पुगेको छ ।

त्यस्तै, कर्जा लगानी तथा अन्य आयबाट ३ अर्ब ६० करोड लाख रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १७.८८ प्रतिशतले बढेर १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीमा कुल दाबी भुक्तानी ५ अर्ब ९९ करोड रहेको छ भने सोमध्ये ९६ करोड १७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको कुल बीमालेख संख्या १५ लाख ९६ हजार ८३० रहेको छ ।

हाल ४ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६६ करोड ७१ लाख रुपैयाँ रहेको छ । यस्तै, महाविपत्ति कोषमा ३४ करोड ९३ लाख र जीवन बीमा कोषको आकार ५१ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.१९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.९६ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here