थप ८४८ जनामा कोरोना पुष्टी, ५२६ जना संक्रमण मुक्त

काठमाडौं, ३१ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२२ जनाको पीसीआर परीक्षण गर्दा ३९९ जना र २८९७ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९३ हजार ८५८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५२५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here