शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब घाटामा

काठमाडौं, ३१ साउन । शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको एक वर्षको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६करोडले रुपैयाँ घाटामा रहेको हो ।

अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा चालु खाता रु.६२३ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.३३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर ३४.५ प्रतिशतले कमी आई रु.९ अर्ब ९९ करोड पुगेकोछ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४.९ प्रतिशतले कमी आई रु.१८ अर्ब ५६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१९ अर्ब ५१ करोड रहेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु।१५ अर्ब १५ करोडले घाटामा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here