श्री एयरलाइन्सले भदौ ५ देखि काठमाडौं–पोखरा पुनः उडान भर्ने

फाइलफोटो

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक श्री एयरलाइन्सले काठमाडौं–पोखरा रुटमा पुनः उडान भर्ने भएको छ ।श्रीले यही भदौ ५ गतेदेखि यस रुटमा दैनिक दुई उडान गर्ने भएको हो ।

श्रीले ३ वर्ष अघि नै पोखरा रुटमा उडान सुरु गरेको थियो । तर, कोरोनाका कारण बीचमा रोकिएको उडान पुनः सुरु गर्न लागेको हो ।

एयरलाइन्सले विहान ११ः५ बजे काठमाडौंबाट पोखराका लागि पहिलो उडान गर्नेछ भने पोखराबाट १२ः०५ मा काठमाडौं फर्कनेछ । त्यस्तै, दिउँसो १:५५ बजे काठमाडौंबाट दोस्रो उडान गर्ने छ भने ३ बजे पोखराबाट फर्किने छ ।

पछिल्लो समय पोखरा क्षेत्रीय गन्तव्यका रुपमा समेत स्थापित हुँदैछ । पोखराबाट अहिले देशका ६ वटा प्रदेशमा सीधा उडान हुँदै आएको छ ।

श्री एयरलाइन्सले हाल काठमाडौंबाट भैरहवा, विराटनगर, जनकपुर, राजविराज, भद्रपुर, धनगढी , नेपालगन्ज लगायत स्थानमा सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here