६ अंकले बढ्यो नेप्से, १४ लाख कित्ता शेयर कारोबार

काठमाडौं, ७ साउन । मंगलवार नेप्से परिसूचक ५.९४ प्रतिशतले बढेर १ हजार २ सय ७७.१७ अंकमा पुगेको छ ।

होटल, जलविद्युत, अन्य र उत्पादन समूहको सूचक मंगलवार पनि घट्यो । मंगलवार सबैभन्दा धेरै जलविद्युत समूहरको सूचक घट्यो । जलविद्युतको सूचक ०.२३ प्रतिशतले घट्यो ।

बैकिङ्ग, विकास बैंक, फाइनान्स, र्निजीवन बिमा, बिमा, लघुवित्त र सामुहिक लगानी कोषको भने सूचक बढ्यो । मंगलवार सबैभन्दा धेरै लघुवित्त समूहको सूचक बढ्यो । लघुवित्तको सूचक १.९१ प्रतिशतले बढ्यो । त्यस्तै र्निजीवा बिमाको ०.७५, बैकिङ्ग क्षेत्रको ०.६१ प्रतिशतले बढ्यो ।

मंगलवार १ सय ६९ कम्पनीको १४ लाख ४४ हजार १ सय ९२ कित्ता शेयर किनबेच हुदाँ ३६ करोड ८९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै महिला सहायता लघुवित्त वितीय संस्थाका शेयर धनीले कमाए । महिला सहायताको शेयर मूल्य ७.९० प्रतिशतले बढ्यो । त्यस्तै, स्वदेशी लघुवित्त वितीय संस्थाको ७.७३ प्रतिशत, नेशनल लघुवित्त वितीय संस्थाको ५.७६ प्रतिशले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी जलविद्युत कम्पनीका शेयर धनी रहेका छन् । दिव्यश्वरीको शेयर मूल्य ७.२४ प्रतिशतले घट्यो । त्यस्तै, यूनियन हाइड्रोपावरको ३.८८, सिर्जना फाइनान्सको ३.२१ प्रतिशले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार कृषी विकास बैंकले गरेको छ । बैंकले ४ करोड ५१ लाख २२ हजार रुपैयाको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here