तीज फेस्टिवलको तयारी पूरा, यस वर्षदेखि हेटौंडा र इटहरीमा पनि

काठमाडौं, ७ साउन । १८ औं ‘तीज फेस्टिवल तथा सिर्जनशिल उद्यमी मेला २०७६’ को सम्पुर्ण तयारी पूरा भएको छ ।
आयोजक महिला सिर्जनशिल केन्द्रले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।

विस २०५९ साल देखि काठमाडौंको भृकुटीमण्डपमा प्रत्येक वर्ष गरिँदै आएको यो मेला यस वर्ष देखि भने काठमाडौं उपत्यका बाहिर हेटौंडा र इटहरीमा पनि आयोजना हुने भएको छ ।

साउन १६ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने मेला हेटौंडामा भदौ ५ गतेदेखि ७ गतेसम्म हुने आयोजकले बताएको छ ।

त्यस्तै इटहरीमा भने साउन ३० गतेदेखि ३२ गतेसम्म सञ्चालन हुने भनि मिति तोकिएकोमा केही साता अघि आएको बाढीमा उक्त स्थान पनि प्रभावित भएकाले इटहरीमा केहि ढिला हुन सक्ने पनि आयोजकले बताएको छ ।

मेलामा यो वर्ष दुई सय भन्दा धेरै संघ संस्थाहरुले प्रत्यक्ष सहभागीता जनाउने सिर्जनशिल उद्यमी महिला केन्द्रकी अध्यक्ष मिनु थापाले बताइन ।
तीजको अवसरमा आयोजना हुने मेला नेपालको सबैभन्दा ठुलो उपभोक्ता मेलाको रुपमा विकास भएको समेत उनले दाबी गरिन् ।

त्यस्तै उनले भनिन्, ‘महिलाहरुको क्षमता वृद्धि र महिलाहरुलाई उद्यमी बनाउनको लागि मेलाले धेरै सहयोग गरेको छ ।’

१८ वर्षदेखि मेला आयोजना गर्दै आएको इभेन्ट संसारका प्रबन्ध निर्देशक पशुपति केसीले महिला उद्यमीहरुलाई सहयोग गर्न र उनीहरुलाई प्ररणा, हौसला प्रदान गर्ने बताए ।

त्यस्तै मेलाको प्रवेश शुल्क भने सबै व्यक्तिहरुको लागि जनही २५ रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

प्रवेश शुल्कबाट उठेको रकमको ५० प्रतिशत बाढी पिडितलाई सहयोग गरिने समेत आयोजकले जानकारी दिएको छ ।

मेलामा सहभागी मध्ये ५ उत्कृष्ट व्यवसायीहरुलाई अवार्ड समेत प्रदान गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here