फेस अफ मारवाडीका विजेता बने राहुल र निशा

काठमाडौं, ७ साउन । सोमबार सम्पन्न फेस अफ मारवाडी को उपाधि पुरुष तर्फ धरानका राहुल अग्रवालले जिते भने महिला तर्फ काठमाडौंकी निशा अग्रवाल ले जितेकी छिन्।

त्यसैगरी पुरुषतर्फ शिवम् अग्रवाल फस्ट रनरअप भए भने सेकेन्ड रनर अप अजय खण्डेलवाल भए ।

त्यसैगरी महिला तर्फ सिम्रन सबू फस्ट रनर अप तथा विराटनगर की सुनीता वरमा सेकेन्ड रनर अप बनिन् ।

विजेताहरुले नगद रु ५०००० का साथै अन्तरिष्ट्रिय पल्टीमा भाग लिने मौका प्राप्त गरे ।

त्यस्तै फस्ट र सेकेन्ड रनरअपले क्रमश रु ३०००० र २०००० प्राप्त गरे । प्रतियोगिताका निर्णायक का रूपमा कारण कुन्द्रा र नायीका रेखा थापा रहेका थिए ।

कार्यक्रममा प्रमुख अथितीको रुपमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here