दशैं धमाका महोत्सवमा दराजबाट किनमेल गर्दा नबिलका ग्राहकले छुट पाउने

काठमाडौं । नबिल बैङ्क लिमिटेडका ग्राहकहरूले दराजबाट किनमेल गर्दा विशेष छुट पाउने भएका छन् । हिन्दु नेपालीहरूको महत्त्वपूर्ण चाड दशैँलाई लक्षित गरी बैङ्कले आफ्ना ग्राहकहरूलाई छुट दिलाउन दराजसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार भदौ २९ गतेबाट दराजमा किनमेल गर्दा नबिल कार्ड वाहकहरूले आकर्षक छुट पाउने बैङ्कदवारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दराज दशैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,००० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिश वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ । दराज दशैँ धमाका २०७९ का लागि नबिलका तर्फबाट बैङ्कका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका थिए ।

रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैमा एउटा उत्सव भएको र आफ्ना ग्राहकहरुलाई आउँदै गरेको दशैंको शुभकामना रहेको बताए ।

यस महोत्सवले दराज साथै नबिल कार्ड वाहाक माझ छुट्टै उत्साह थपिने कुरामा आफू विश्वस्त रहेको दराजका अरुण फुयालले बताए ।

नबिल बैङ्कलाई निजी क्षेत्रको अग्रणी बैङ्क मानिन्छ । यसका देशभरी २३३ शाखाहरू र २६९ एटिएम काउण्टरहरू रहेका छन् । नबिल बैङ्कले नेपाली बैङ्किङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।

देशको पहिलो डिजिटल बैङ्क बन्ने उद्देश्यले हालै नबिल बैङ्कले नबिल डिजी बैङ्कको स्थापना गरेको हो । साथै यसले नेपालको बैङ्किङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैङ्किङ्ग युगको शुरूवात गर्दै आफ्नो व्यवसायलाई ग्राहकहरूको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here