खप्तड लघुवित्तको आइपीओ बाँडफाँड, साढे १७ लाख बढी आवेदकको हात खाली

काठमाडौं, २० भदौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । सोमवार बिहान धितोपत्र विक्री प्रवन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयमा आइपीओ बाँडफाँड भएको हो ।

यो लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०।५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएकोछ । जसमा १७ लाख ८३ हजार ७४ आवेदकबाट परेको १ करोड ९३ लाख ९४ हजार २२० कित्ता शेयर भएको छ भने १ हजार ५५१ आवेदकबाट परेको १६ हजार ७०० कित्ता बदर भएको छ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटल वेबसाइट र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here