दोधारा चाँदनीका मेयर भन्छन्-‘बडवाल टोलको समस्याप्रति हामी गम्भिर छौं’

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बडवाल टोलमा हात्तीको आतंक प्रति आफुहरु गम्भिर भएको बताएका छन् ।

बिद्युत बत्ती जडान गर्ने बिषयमा प्राबिधिक टोली संग दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा पुगेका दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बडुवाल टोलमा जंगली हात्तीले मच्चाउदै आएको आतंक प्रति आफुहरु गम्भिर भएको बताएका छन् । हात्तीबाट जाग्गिन बस्तीमा बिद्युत बत्ती जडान गर्न तयारीमा रहेको उनले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका उपप्रमुख गंगा देबी जोशी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, प्राबिधिक गणेश ठगुन्ना, दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश मिश्र, वडाध्यक्ष हरिसिंह धनाडी, केशव खत्री, वडा सदस्य कमला उपाध्याय लगाएत टोली संग बडवाल टोल पुगेका मेयर लिम्बुले जंगली हात्ती भित्रिने बाटोहरुको पहिचान गरि उक्त स्थानहरुमा बिद्युत बत्तीको जडान गर्ने र कार्यपालिकाको बैठक बसी तत्कालै सर्चलाईट र झाँडी जंगल सफा गर्ने कार्य अघि बढाईने बताएका छन् ।

बडवाल टोलमा भारतिय जनप्रतिनिधीहरु संग समेत कुराकानी गरेका छन् । भारतिय जनप्रतिनिधीहरुलाई दशगजा क्षेत्रमा रहेका झाँडी जंगल सफा गर्ने, बिद्युत तारवार गर्ने बिषयमा समेत छलफल गरेका छन् । दुबै देशका जनप्रतिनिधी तथा सुरक्षा अधिकारीहरु बैठक राखी समस्या हल गर्ने बताईएको छ् ।

भारत संग सिमा जोडिएको बडवाल टोल बस्तीमा झण्डै तिन साता देखि जंगली हात्तीको बथानले स्थानियहरुको धान तथा मकै वाली खाएर तथा उधनेर नष्ट गरेपछि दोधारा चाँदनीका मेयरले उक्त बस्तीमा बारम्बार पुगेका छन् । दोधारा चाँदनीका उपमेयर गंगा जोशीले हात्तीको आतंक रोक्न दोधारा चाँदनी नगरपालिका पहल थालेको बताउदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा समेत खबर गरि हात्ती आतंक रोक्न छलफल गरिने बताएका छन् ।

बडवाल टोल संगै जोडिएको भारतीय जंगलबाट रातिको समयमा आउने वन्यजन्तुले विगत लामो समय देखि सताउनु सताएको छ् । भारत संग जोडिएका दोधारा चाँदनी नगरपालिका मध्यवर्ती क्षेत्रका गाँउ बस्तीहरुमा जंगली हात्ती पस्न थालेपछि स्थानीयमा त्रास रहदै आएको छ् ।

नगर क्षेत्रमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व सुरु भइरहेको छ् । खेतमा धान र मकै हरियो हुन थालेपछि बडवाल टोलमा हात्तीको ठूलो हुल रातिको समयमा पस्छ् । दर्जनौं किसानहरुले लगाएको अन्नबाली एकै रातमा नष्ट गर्छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here