नेप्से बढ्ने क्रम जारी, ४४ करोडको कारोबार

काठमाडौं, ८ साउन । केही दिनएता बढ्दै आएको नेप्से परिसूचक बुधवार पनि बढेको छ ।

बुधवार नेप्से परिसूचक ६.९० अंकले बढेर १ हजार २ सय ८४.०७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशत बढि हो ।

बुधवार फाइनान्स र उत्पादन समुहको बाहेक अन्य सबै समुहको सूचक बढ्यो ।

बुधवार सबैभन्दा धेरै होटल समुहको सूचक बढ्यो । होटलको सूचक १.९५ प्रतिशतले बढ्यो । त्यस्तै, र्निजीवन बिमा कम्पनीको १.३४ प्रतिशत, लघुवित्तको १ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

बुधवार १ सय ७० कम्पनीको १३ लाख ४६ हजार ३ सय ३० कित्ता शेयर किनबेच हुँदा ४४ करोड ३४ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै गणपति लघुवित्त वितीय संस्थाका शेयर धनीले कमाए । गणपतिको शेयर मूल्य ९.१३ प्रतिशतले बढ्यो ।

त्यस्तै, मिथिला लघुवित्तको ८.५० प्रतिशत, दिव्यश्वरी हाईड्रोपावरको ७.८१ प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनियन हाईड्रोपावरको शेयर धनीहरु रहेका छन् । यूनियनको शेयर मूल्य ५.०५ प्रतिशतले घट्यो । त्यस्तै, सिटी एक्सप्रेस फाईनान्सको ३.७३ प्रतिशत, प्रोग्रेसिभ फाईनान्सको ३.५० प्रतिशतले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार नेपाल बैंक लिमीटेडले गरेको छ । बैंकले ३ करोड ९९ लाख ४४ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here