निलम्बित प्रधानन्यायाधीश राणासँगको बयानमा अब दोहोरो प्रश्न नगरिने

काठमाडौं, २६ भदौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतवारपनि बयान दिने भएका छन्।

संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिन लागेको हो।

४३ वटा प्रश्न तयार पारेको समितिले जबरासँग भदौ १६ गतेसम्म ११ वटा प्रश्न सोधेको छ। अब बाँकी रहेका ३२ वटा आज बिहान ११ बजे बस्ने बैठकमा सोध्ने तयारी रहेको जनाएको छ।

अबका बैठकमा दोहोरो शैलीमा नसोध्ने तयारी भएको छ। हालसम्म उनलाई प्रश्न सोध्ने र आएको जवाफमा पुनस्प्रतिप्रश्न गर्दै आएको भएपनि अब भने त्यसो नगरिने भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here