शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो

काठमाडौं, २८ भदौं । केही दिनदेखि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको तेस्रोदिन बजार दोहोरो अंकले बढेको हो ।

बजार मापक सूचक नेप्से २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको हो ।

मंगलवार २३१ कम्पनीको ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । सोमवार ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको थियो । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.३० प्रतिशतले बढेको छ ।

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल (बालाजु) शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, मैलुङ खोला जलविद्युत् ७.७६, सानिमा लार्ज क्याप फण्ड ६.६७, युनिभर्सल पावर ४.६७, रिभर फल्स पावर ४.२४, मितेरी डेभलपमेन्ट बैंक ४.१२, गणपति लघुवित्त ४.०३, किसान लघुवित्त, महुली लघुवित्त र नबिल इक्वीटी फण्डको शेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार नेपाल बैंकको डिभेञ्चरको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावरको साढे ५ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्स पौने ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here