महावीर पुनलाई नेपालकै ठूलो धनराशिको ‘भवन किर्ती रत्न’ पुरस्कार प्रदान

काठमाडौं । नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ ।

गैरआवासीय नेपाली संघ र बीबी फाउन्डेसनद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच महावीर पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुनलाई पुरस्कार हस्तान्तरण गरे ।

कार्यक्रममा मन्त्री पौडेलले नेपालमा अनुसन्धानका काममा कसैलाई चासो भएको नपाइएको बताए । आविश्कार र अनुसन्धानमा महावीर पुनले खेलको भूमिकालाई सबैले सकारात्मक रुपमा लिएको उनले बताए ।

मन्त्री पौडेलले असोज १ गते सरकारले विज्ञान दिवस मनाउन लागेको पनि जानकारी दिए । नेपालमा नाष्ट भन्ने संस्था रहेको र दिनहुँ छलफल हुने गरे पनि अनुसन्धानको क्षेत्रमा चासो नदेखिएको उनले बताए ।

पुरस्कार ग्रहण गर्दै पुनले आविष्कार केन्द्रको शुभारम्भ मात्रै आफूले गर्न खोजेको भन्दै नेपालमा धेरै आविष्कार क्षेत्र विकास गर्नुपर्ने बताए । नेपाल गरिब भएकै कारण युवाहरु विदेशिन बाध्य भएको र उद्योगी व्यवसायीहरुले नै रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताए ।

पुनले नेपालका आफ्नो आविष्कार केन्द्रबाट तीव्रतर रुपमा काम हुन सके अरु देशको दाँजोमा कहिल्यै पछि नपर्ने धारणा राखे । भवन कीर्ति रत्न पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here