काठमाडौंका सडक अस्तव्यस्तपछि हर्क साम्पाङको प्रश्न, ‘को हो भीआइपी र भीभीआइपीहरु ?’

काठमाडौं, २८ भदौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले को हो भीआईपी र भीभीआईपी ? भन्दै प्रश्न गरेका छन् ।

चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालको औपचारिक भ्रमणका कारण काठमाडौंका सडक अस्तव्यस्त भएपछि साम्पाङले प्रश्न गरेका हुन् ।

ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ताको कारण दिनभर विभिन्न ठाँउका सडक अवरुद्ध भएको थियो ।

मंगलवार साँझ साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा आफू जनतासँगै बेल्चा र गैंती चलाइरहेको बताउँदै आफूलाई न गार्ड चाहिएको न त आसेपासे नै भन्दै हावाहरुको ठूलो स्वाङ मात्रै भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले नबुझेको को हो भीआईपी ? को हो भीभीआईपी ? हावाको हरु म त दिन भर जनतासँगै बेल्चा र गैती चलाइरा हुन्छु त न गार्ड चाहिन्छ न आसेपासे नै । काम गर्नु छैन स्वाङ मात्रै ठूलो हावाका हरु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here