चाडपर्वलाई लक्षित नोट सटही आजदेखि, बैंक तथा वित्तीय संस्थाहरुबाट साट्न सकिने

काठमाडौं, २९ भदौं । बैंक तथा वित्तीय संस्थाहरुबाट दसैँका लागि आजदेखि नयाँ नोट साट्न सकिने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट नोटहरु साट्न सकिने जनाइएको छ । उपत्यकाबाहिरका सर्वसाधारणले भने असोज २ गतेदेखि साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

नेपालका अनुसार हिजो मंगलबारसम्म २५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई २ अर्ब रुपैयाँ बढी नयाँ नोट वितरण गरिएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट लग्ने क्रम जारी नै छ ।

सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बढी २ पटकसम्म नयाँ नोट वितरण गर्ने बताइएको छ ।

बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट दिइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुुसार प्रतिव्यक्तिले ५, १०, २०, ५० र १०० दरका गरी कुुल १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here