नवीकरणीय उर्जासम्बन्धी आयोजनाले पाउँछन विदेशी मुद्रामै ऋण

क्लाउडपत्रिका
काठमाडौं, २९ माघ । जलविद्युत, सौर्य र वायु उर्जा सँग सम्बन्धित आयोजनाले विदेशी मुद्रामै ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले सोमबारदेखि यस्तो व्यवस्था गरेको हो । यसअघि जलविद्युत आयोजना निर्माणमा मात्र यस्तो सुविधा पाउने व्यवस्था थियो ।

मुलुकमा उर्जा विकासमा जोेड दिने उद्देश्यले नवीकरणीय उर्जा (जलविद्युत, सौर्य र वायू) उत्पादन तथा प्रसारणसँग सम्बन्धीत आयोजना/परियोजनाका लागि परिवर्त्य विदेशी मुद्रामा ऋण प्रदान गर्ने व्यवस्था गरिएको हो ।

एक सय किलोवाट देखि एक हजार किलोवाटसम्म विद्युत उत्पादन गरी विक्री वितरण गर्ने निजी क्षेत्रको उद्योग, तथा आफ्नै प्रयोजनाका लागि विद्युत उत्पादन गरी खपत गर्ने उद्योगहरुले यस्तो सुविधा पाउने छन् ।

नवीकरणीय उर्जा सम्बन्धी आयोजनाहरुलाई विदेशबाट सामान आयात गर्दा झञ्झट नहोस भन्ने उद्देश्यले उक्त सुविधा दिइएको राष्ट्र बैंकले जनाएको छ । उक्त सुविधा प्राप्त गर्न तोकिएका शर्तहरु पालना गरेको हुनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here