उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता फाइनान्सतर्फ आकर्षित

काठमाडौं, २९ भदौं । साताको कारोबारको चौंथोदिन शेयर बजार उच्च अंकले बढेको छ ।

बुधवार शेयर बजार मापक सूचक (नेप्से) ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँ बराबरको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । मंगलवार ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ५.९३ प्रतिशतले बढेको छ ।

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेप्सेका अनुसार आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै, गुराँस फाइनान्सको ४ करोड ५७ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्स ४ करोड ३४ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here