सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरको ‘अल्टिमेटम’ अटेर गरिएपछि अवैध संरचनामा डोजर चलाइएको हो ।

महानगरले आजै सोह्रखुट्टेस्थित ‘न्यू बिहान किचेन स्टोर्स’ र ‘टपरी मःम पसलमाथि डोजर चलाएको छ।

डोजर चलाउँदा महानगर र घरधनीबीच अवरोध समेत पैदा भएको थियो।

पछिल्लो समय महानगरले अवैध संरचनामाथि अल्टिमेटम दिँदै आएको छ। अल्टिमेटम पनि दिँदा नमानेका संरचनामाथि डोजर चलाइ भत्काउने काम गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here