ली चान्सु स्वदेश फर्किँदै, यी रुटमा सडक प्रभावित हुने

काठमाडौं, ३० भदौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किँदै छन् ।

सोमवार ६७ जनाको टोलीको नेतृत्व गर्दै नेपाल आएका जनकंग्रेसका अध्यक्ष ली बिहान साढे ८ बजे सोल्टी होटलबाट एअरपोर्ट प्रस्थान गर्ने तालिका रहेको छ । यसका लागि बिहान सवा ८ बजेदेखि रविभवनदेखि एअरपोर्टसम्मको सडकमा गाडीको आवागमन प्रभावित हुनेछ ।

रवि भवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल र एअरपोर्टसम्म गाडीको आवागमन रोकिने छ ।

यो समयमा यो सडक प्रयोग गर्नेलाई वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here