मासिक ३३३ रुपैयाँमै ५० एमबीपीएस इण्टरनेट

काठमाडौं । इण्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ बुधबारदेखि सुरु भएको छ ।

यसअन्तर्गत कम्पनीले आफ्नो ३० एमबीपीएस गतिको इण्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको हो ।

यसको अर्थ यसअघि ३० एमबीपीएस इण्टरनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् ।

त्यसैगरी पहिले ५० एमबीपीएस इण्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताले ३० एमबीपीएस प्याकेजकै शुल्क कर बाहेक वार्षिक चार हजार, अर्धवार्षिक २१०० रुपैयाँ अथवा त्रैमासिक ११०० रुपैयाँ तिरेर नवीकरण गर्न सक्ने बताइएको छ ।

वार्षिक नवीकरण गर्दा ५० एमबीपीएसका लागि कर बाहेक मासिक ३३३ रुपैयाँ मात्र पर्न आउँछ । तर ५० एमबीपीएसको नयाँ इण्टरनेट जडान गर्न वार्षिक ५ हजार ५ सय रुपैयाँ (करबाहेक) लाग्नेछ । जसमा राउटर, तार र जडान शुल्क समेत जोडिएको छ ।

यही इण्टरनेट प्याकेज पहिलो पटक लिँदा छ महिनाका लागि ३६०० रुपैयाँ र तीन महिनाको ३१०० रुपैयाँ पर्नेछ । त्यस्तै वाई-फाई नेपालले ८० एमबीपीएसको नयाँ प्याकेज समेत ल्याएको छ । जसअन्तर्गत ७ हजार ५ रुपैयाँ ९कर बाहेक० मा एक वर्षका लागि ८० एमबीपीएस इण्टरनेट जडान गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रितेशराजसिँह श्रेष्ठले बताए ।

साथै प्रयोगकर्ताले नवीकरणका लागि न्यूनतम तीन महिनाको शुल्क तिर्नुपर्ने व्यवस्था मिलाइएको छ । ५० एमबीपीएसको प्याकेज नवीकरणका लागि प्रयोगकर्ताले वार्षिक चार हजार रुपैयाँ कर बाहेक तिर्नुपर्नेछ ।

त्यसैगरी ८० एमबीपीएस प्याकेज नवीकरण गर्न वार्षिक ६ हजार रुपैयाँ तिरे पुग्छ ।वाईफाई नेपालको यो सेवाहरू लिनका लागि वाई-फाई नेपालको फोन नम्बरमा कल गर्न वा कम्पनीको वेबसाइटमा अर्डर गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here