काठमाडौं, ३१ भदौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा खुल्ला र समावेशी गरी २२९ जना कर्मचारी माग गरेको छ ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले शुक्रबार एक सूचना प्रकाशित उक्त संख्यामा कर्मचारी माग गरेको हो ।
रिक्त पद खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनोट गरिने सूचनामा उल्लेख गरिएको छ।
तोकिएका ८ भर्नाकेन्द्रमा दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ। दरखास्त आजदेखि असोज ३० सम्म दिन सकिने जनाइएको छ।