नेपाल विद्युत् प्राधिकरणले माग्याे ठूलो संख्यामा कर्मचारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ।

गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी प्राधिकरणले आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि आवेदन फारम भर्नको लागि आव्हान गरेको हो ।

शुक्रबार प्रकाशित सूचनामा दरखास्त दिने अन्तिम मितिसम्ममा आवेदन दिने पदभन्दा एक तह मुनिको आफू बहाल रहेको सम्बन्धित सेवा/समूह/उपसमूह अन्तर्गतका पदमा कर्मचारी सेवा, सर्त, विनियमावली, २०७५ (संशोधनसहित)मा तोकिए अनुसारको सेवा अवधि पुरा गरेका र न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरुबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्राधिकरणको वेभसाइटमा गइ दरखास्त दिन आव्हान गरिएको छ ।

आवेदन असोज २० गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here