दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ९० करोडमा सीमित

काठमाडौं । साताको कारोबारको अन्तिमदिन शेयर बजार दोहोरो अंकले घटेको छ ।

शुक्रवार शेयर बजार मापक सूचक (नेप्से) १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार दुई घण्टाको कोरोबारमा २२० कम्पनीको ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैयाँ बराबरको २९ लाख १६ हजार २७१ कित्ता शेयर किनबेच भएका छन् ।

यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । नबिल ब्यालेन्स फण्ड २ को शेयरमूल्य ७.८७ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, रिभल्स फल्स पावर लिमिटेड र अप्पर सोलुको सबैभन्दा बढी गिरावट भएको छ ।

यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ४ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here