तातोपानी सुख्खा बन्दरगाहको जिम्मा ट्रान्स सिल्क टर्मिनललाई, पाँच वर्षको पट्टा बहाल ११ करोड

काठमाडौं, ३१ भदौं । सिन्धुपाल्चोकको तातोपानी सुख्खा बन्दरगाह निजी कम्पनी ट्रान्स सिल्क टर्मिनलले सञ्चालन गर्ने भएको छ। कम्पनी र समितिबीच उक्त बन्दरगाह पाँच वर्षको लागि सञ्चालन तथा व्यवस्थापन गर्न करार सम्झौता भएको हो।

ट्रान्स नेपाल जेभी, विराटनगरले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी करार सम्झौता भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ ।

करार सम्झौता बमोजिम सो कम्पनीले पाँच वर्षको लागि ११ करोड ७० लाख रुपैयाँ समितिलाई बुझाउनु पर्नेछ। र नियमानुसार महशुल बाँडफाँट गरिने छ।

उक्त बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन भएपछि सो सुख्खा बन्दरगाहमार्फत हुने व्यापार चुस्त, छिटो छरितो र किफायती हुने विश्वास समितिले लिएको छ।

यसअघि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको तातोपानी सुख्खा बन्दरगाहको निर्माण भएको थियो । चिनीया पक्षले १३ असार २०७६ मा नेपाल इन्टरमोडल यातायात विकास समितिलाई औपचारिक रुपमा हस्तान्तरण गरेको थियो ।

सुक्खा बन्दरगाह समितिलाई हस्तान्तरण भए पश्चात केही समय समितिबाट सञ्चालन तथा व्यवस्थापन भयो । पछि १६ पुस २०७६ देखि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमार्फत सञ्चालन तथा व्यवस्थापन हुदै आएको थियो ।

सुक्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापनको लागि टर्मिनल मेनेजमेन्ट कम्पनी छनौट गर्न समितिले ११ जेठ २०७९ मा अन्तराष्ट्रिय बोलपत्र आव्हानको सूचना प्रकाशन गरेको थियो । प्रकाशित सूचना बमोजिम ३ वटा कम्पनीले इच्छा देखाएका थिए ।

तिनीहरमा फ्ल्यास फ्रेइट लोजिष्टिक, ललितपु, भ्याली टर्मिनलर्स जेभी काठमाडौं र ट्रान्सनेपाल जेभी विराटनगर थिए । त्यसमध्येबाट प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट सबैभन्दा बढी अंक प्राप्त गर्नेमा ट्रान्स नेपाल जेभी विराटनगरको परेको थियो। निजी कम्पनीले बन्दरगाह सञ्चालनको काम १० असोजदेखि थाल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here