एनआईसी एशिया बैंकलाई ‘बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड’

काठमाडौं, ९ साउन । एनआईसी एशिया बैंकले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड प्राप्त गरेको छ ।

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले यो वर्ष छनौट भएका वित्तीय प्रतिवेदन मध्ये बैंकको प्रतिवेदनलाई उक्त अवार्ड प्रदान गरेको हो ।

आईक्यानको मंगलबार नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैंकतर्फको उक्त अवार्ड एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई हस्तान्तरण गरे ।

यस्तै एनएमबी बैंकको प्रतिवेदन दोस्रो र सिटिजन्स बैंकको प्रतिवेदनले तेस्रो स्थान हात पारे ।

विकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट (बीपीए)’ अवार्ड महालक्ष्मी विकास बैंकले प्राप्त गर्यो ।

त्यसैगरी उत्पादनमूलक समूहतर्फ बुटवल पावर कम्पनी, सेवामूलकतर्फ र्याडिशन होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रले उक्त अवार्ड प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here