क्रिकेट रंगशाला निमार्णको लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई ५५ लाख सहयोग

काठमाडौं, ९ साउन । गौंतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्णको लागि उद्योग वाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिएको छ ।

विहिवार चितवनमा आयोजित पत्रकार सम्मेलनमा रंगशाला निमार्णको लागि भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालको प्रमुख आतिथ्यमा उक्त रकम धुर्मुस सुन्तली फाउन्डेशनलाई प्रदान गरिएको हो ।

रंगशाला निमार्णको लागि यसअघि नै भरतपुर महानगरपालीकाले ५ करोड रकम दिने घोषणा गरिसकेको छ ।

रंगशालाको कुल लागत करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here