शेयर बजारको ओरालो यात्रामा ‘ब्रेक’, कारोबार भने १ अर्ब तल खुम्चियो

काठमाडौं, ५ असोज । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको चौंथो दिन बजार झिनो अंकले बढेको हो ।

बजार मापक सूचक (नेप्से)११.२२ अंकले बढेर १८४८.८२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । मंगलवार १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये एक वटाको परिसूचक घटेको छ भने अन्य सबैको हरियो भएको छ ।

फाइनान्स समूह सबैभन्दा धेरै १.७९ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूह पनि १.३८ प्रतिशतले बढेको छ ।

आज कारोबार भएका कम्पनीमध्य एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले बढेको हो ।

नेप्सेका अनुसार वीन नेपाल लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड र राप्ती हाइड्रोको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ३ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।

रिडी पावरको २ करोड ४१ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here