नेपाल टेलिकमले ल्यायो आकर्षक सुविधासहित ‘सजिलो प्रिपेड कम्बो अफर’

काठमाडौं ५ भदौ । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने ‘सजिलो प्रिपेड कम्बो अफर’ उपलब्ध गराइरहेको छ ।

यसैक्रममा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि रु. १९९ देखि रु. ६९९ सम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत रु. १९९ मा ४२०० एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

जम्मा रु. ३४९ मा १४,००० एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी रु. ४९९ मा १९,६०० एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ ।

यस अफर अन्तर्गत रु. ६९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा रु. ९८ मा २८ दिन भित्रमा जम्मा ६०० वटा र रु. ६० मा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

आफ्नो मोबाइलबाट *1415# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । यस अफरबाट प्रिपेड सेवाका ग्राहकहरुले लाभ लिने अपेक्षा कम्पनीको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here