वीर अस्पताल आसपासमा बनेको अवैध संरचना महानगरले लगायो डोजर, अब पार्क बनाइने

काठमाडौं, ६ असोज । काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपासमा बनेको अवैध संरचना डोजर चलाएको छ।

महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि विहीवार दिउँसो डोजर चलाएको हो।

बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो।

त्यही निर्देशन अनुसार उक्त स्थान खाली गर्न लागेको महानगरपपालिकाका प्रहरीले जनाएको छ ।

फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ।

वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here