१३२ गाउँ, जहाँ जन्मनै छाडे छोरी

भारतको एक राज्य उत्तराखण्ड । हिमाली भेगमा अवस्थित यस राज्यका १ सय ३२ गाउँ, जहाँ अब छोरी जन्मन छाडेका छन् ।

भारतीय संचारमाध्यमले उल्लेख गरे अनुसार जब यो विषय बाहिर आयो, अहिले सरकार गम्भिरतापूर्वक जाँचमा लागेका छन् ।

उत्तराखण्डको उत्तरकाशी जिल्लाबाट आएको प्रतिवेदन अनुसार सयौं गाउँ नो गर्भ भिलेजका रुपमा देखिएको छ ।

करीव ५ सय ५० गाउँ रहेको यस जिल्लाको जनसंख्या ४ लाख हाराहारी रहेको छ ।

जहाँ तीन महिनाको अवधिमा (अप्रील-जुन) १३२ गाउँमा २१६ जना बच्चाको जन्म भएको छ । त्यसमध्ये एक जना पनि छोरी थिएनन् ।

कतै गर्भमा छोरी पाइएपछि गर्भपतन त गराइएको छैन ? यसबारेमा सरकारी अधिकारीहरुले जाँचलाई तिब्रता दिएको संचारमाध्यमले उल्लेख गरेका छन् ।

यद्दपी यसको कारण भने खुलिसकेको छैन । तीन महिनाको अवधिमा उत्तरकाशी जिल्ला भर भने कूल ९६१ बच्चा जन्मिएका छन् ।

त्यसमध्ये ४७९ छोरी र ४६८ छोरा छन् । घटना बाहिर आएसँगै अहिले सरकारी अधिकारीहरुले जाँच थालेका छन् ।

उनीहरु गाउँमै खटिएर तथ्यांक संकलन गरिरहेको भारतीय संचारमाध्यममा उल्लेख छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here