‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाको पहिलो महिनाको विजेता घोषणा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ ।

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने रीना कुमारी तामाङले १ तोला सुन जित्न सफल भएकी छिन्।

सोही योजना अन्तर्गत भदौ १५ देखि असोज ११ गतेसम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१०तोला चाँदी जित्न सफल भैसकेका छन् ।

साउदी अरबबाट नरेश यादव, कुवेतबाट शम्भु बहादुर सार्की नेपाली, जापानबाट उज्ज्वल पुडासैनी साथै मलेसियाबाट रेमिटान्स पठाउने पुरण रोक्का गरी ४ जनाले १०/१० तोला चाँदीजित्न सफल भैसकेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्ग हरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्मचल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १जनालाई१ तोला सुन,हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्परर अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ।

कम्पनीका अनुसार यस ‘बिदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायोे”अफर भदौ १५गते देखि कात्तिक १५ गते सम्म लागू हुनेछ ।

यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागि हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुनेछैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here