काठमाडौंबाट लुक्लामा हुने उडान रामेछाप सारियो

काठमाडौं, १५ असोज । काठमाडौंबाट लुक्ला विमानस्थलमा हुने उडानहरु रामेछापको मन्थलीबाट हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबारबाट लागु हुने गरी वायुसेवा कम्पनीहरुलाई मन्थलीबाट लुक्ला उडान गर्न निर्देशन दिएको थियो । सोही अनुसार शनिबार समटि एयरको जहाजले लुक्लामा पहिलो उडान गर्यो । यसअघि पर्यटन मन्त्री जीवनराम श्रेष्ठ तथा प्राधिकरणको टोलीले मन्थली विमानस्थलको भौतिक संरचनाको स्थलगत निरिक्षण गरेको थियो । लुक्ला बढी पर्यटकले यात्रा गर्ने विमानस्थल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here