दसैं मनाउन आइतबारसम्म १८ लाख उपत्यकाबाट बाहिरिए , सोमबारसम्म १९ लाख पुग्ने अनुमान

यस वर्षको दसैं मनाउन आइतबारसम्म करिब १८ लाखले उपत्यका छाडेका छन् । कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट करिब १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन् । यो निजी, भाडाका गाडी र सार्वजनिक सवारीमा बाहिरिने यात्रुको संख्या हो ।

सोमबार साँझसम्म १९ लाखले उपत्यका छाड्ने उनीहरुको अनुमान छ ।

यो असोज १ गतेदेखि आइतबारसम्म कपत्यकाबाट बाहिरिएका यात्रुको संख्या हो ।

दसैंका लागि घर जाने यात्रुको भीड कोटेश्वर, नयाँ बसपार्क र कलंकीमा सोमबार बिहानसम्म लागेको छ । कोभिडका कारण दुई वर्षसम्म चाडबाड मनाउन घर जान नपाएकाहरू यो वर्ष
घटस्थापनाबाटै उपत्यका छाड्न थालेका बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here