उन्नति र सहकार्य लघुवीत्त मर्जरमा जाने, पुसभित्र एकिकृत कारोबार

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था बीच एक आपसमा मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर भएको छ ।

यी दुई संस्थाबीच एक आपसमा मर्जरमा जानका लागि शुक्रबार प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सहमतिपत्रमा उन्नति माईक्रोफाइनान्सको संचालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाह र सहकार्य लघुवित्तको संचालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरे ।

रुपन्देही जिल्लामा केन्द्रिय कार्यालय रहेको उन्नतिको १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाही जिल्लामा केन्द्रिय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ ।

हाल उन्नतिको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्थाकाे १ करोड ४० लाख रुपैयाँ रहेको छ ।

अबका दिनमा उन्नतिले १ः १ अनुपात र सहकार्यले १ः३ को अनुपातमा यस अघि पारित गरेको हकप्रद सेयर जारी गर्ने छ । साथै सहकार्यको कल इन एडभान्समा रहेको रकमलाई पूँजीमा गणना गरिने भएको छ ।

दुई संस्थाबीच पुस महिना भित्र एकिकृत कारोबार गर्ने भएको छ । दुई संस्था मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकिकृत कारोबार हुने छ ।
मर्जर पश्चात दुबै वित्तीय संस्थाको लघुवित्त बंैकिङ्ग प्रणाली, वित्तीय, मानवसंशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्घि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधियुक्त लघुवित्त वित्तीय सेवा सुविधा प्रदान गरिने भएको छ ।

दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई सबल पूँजी भएको उत्कृष्ठ राष्ट्रिय स्तरको वित्तीय संस्थामा स्थापित हुने भएको छ ।

दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई बन्ने वित्तीय संस्थामा ७ जना संचालक हुनेछन् । जसमा उन्नतिको अध्यक्ष नै मर्जर पश्चात अध्यक्ष रहने छ । साथै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पनि उन्नतिकै सिईओलाई निरन्तरता दिईने भएको छ । कम्पनीको सेयर स्वाप रेसियो डिडिएबाट तय गरिने भएको छ ।

सहकार्यका प्रमुख कार्यकारी अधिकृतलाई मर्जर पश्चात् बन्ने वित्तीय संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत पदमा मर्जर पश्चात बन्ने वित्तीय संस्थाकोे कर्मचारी सेवा विनियमावली बमोजिम विगतको खाइपाइ आएको तलब भत्ता तथा सुविधा पाउने गरि समायोजन गरिनेछ । दुवै संस्थामा हाल कार्यरत अन्य कर्मचारीहरुको पद मर्जर पश्चात यथावत कायम राखिने बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here