दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले के-के गरे सय दिनमा, यस्ता छन् उपलब्धि

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगरपालिका कार्यालयको एक सय कार्य दिनका उपलब्धि सार्वजनिक गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित भई पदस्थापन गरेको एक सय दिनमा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले नगरपालिकाको उपलब्धि सार्वजनिक गरेका हुन् । दोधारा चाँदनी नगरपालिकाको नगर प्रमुखको सामाजिक संजाल फेसबुक पेजबाट मेयर लिम्बुलले नगरपालिकाको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन् ।

एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै दोधारा चाँदनीका मेयर लिम्बुले सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अनुसार विकासको मार्गमा अघि बढाउने बताएका छन् । ‘हामी निर्वाचित भए देखिनै सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडी बढिरहेका छौं,’ उनले भने । नगर प्रमुख लिम्बुले दोधारा चाँदनी नगरपालिकाको असल शासन, कुशल प्रशासन, चुस्त सेवाप्रवाह र प्रभावकारी कार्यका लागि निरन्तर समर्पित रहेको बताए ।

सबै वडाहरुको सन्तुलित बिकास गर्दै नगरवासीको साँझा चौतारीको रुपमा दोधारा चाँदनी नगरपालिकालाई स्थापित गर्न प्रयत्नरत रहेको उनले बताए । दोधारा चाँदनी नगरपालिकाका समस्या समाधानका लागि संघ र प्रदेश संग समेत सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । दोधारा चाँदनी नगरपालिकालाई सबल आर्थिक केन्द्रका रुपमा स्थापित गर्नका लागि सबैको साथ जरुरी रहेको मेयर लिम्बुको भनाई रहेको छ् ।

एक सय कार्य दिनका उपलब्धि सार्वजनिकमा शिक्षाको गुणस्तर सुधारका लगि बिद्यालय निरन्तर अनुगमन कार्य संचलन, बिपद् व्यवस्थापनका लगि रु. १२ लाख बराबरको मोटर बोट नेपाल राष्ट्रिय समाज कल्याण संघ सित साँझेदारीमा खरिद, नयाँ ११ हजार वोल्टेज फिडरका जडानको लगि सर्वे टेन्डर प्रक्रिय, स्थानिय पठ्यक्रम निर्माण, महकाली नदिजन्य पदार्थ उत्खनन तथ रोयल्टी ठेक्काको लगी ईआईए, सिमा क्षेत्रम देखिएका समस्या समाधान गर्नको लागी सरोकारवाल संगको अन्तरक्रिया तथा छलफल, पशु चौपाया व्यवस्थापन प्रयास, सामाजिक सुरक्षा भत्ता टोल टोलम वितरण तथा अशक्त अपांगहरुलाई घर–घरमा सुरक्षा भत्ता वितरण कार्यक्रम रहेको छ् ।

वर्षो देखि बिद्युत नपुगेको १८ नम्वर पिल्लर वस्तीमा विद्युत बिस्तार, सुत्केरी महिलालाई महेन्द्रनगर सम्म निशुल्क एम्बुलेन्स सेवा, जंगली हात्तीले गरिरहेको खेतवाली नोक्सानी रोकथामको पहल, सीमा अतिक्रमण रोकथाम, ६ लेनको सडक निर्माणमा भईरहेको अवरोध समस्या समाधान, नदि नियन्त्रण, नेपाल सरकार, प्रदेश सरकारबाट नयाँ विकास योजनहरु माँग गरी संचालन, प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ स्वस्थ्य सेवा सुचारु, अवैध एवं गैरकानूनी रुपम गैर नेपालीहरुले संचालन गरेका मेडिकलहरु बन्द, वडा नं. २, ३ र ९ म अव्यवस्थित वसोबासीहरुको जग्गा नाप जाँच शुरु, भूउपयोग ऐन अनुसार भूमिको वर्गिकरण गर्ने कार्य अन्तिम चरणमा, न्यायिक समितिम परेका २० वटा उजुरीहरु फछर््यौट, विपद् व्यवस्थपन सम्बन्धी नमूना अभ्यास, विपद् व्यवस्थापन सम्बन्धी क्लष्टर निर्माण गरी जिम्मेवारी तोकिएको, कार्यपालिका सदस्यहरुल ई–विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण, विपद् सम्बन्धी सहयोगका लागी दोधारा चाँदनी उत्थनशील यूवा संजाल निर्माण संस्कृति संरक्षण तथा प्रोत्साहनका लागी गौरा तथा तीज कार्यक्रम रहेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here