कालिकोटमा मलामी गएका १३ जना बेपत्ता, पहिरोमा पुरिएको आशंका

फाइल तस्विर

कालिकोट । कालिकोटमा पहिरोमा पुरिएर मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा–४ राचुलीमा मलामी जाँदा माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन् ।

आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको अनुसार चार घण्टा पैदल हिँडेर प्रहरी टोली घटनास्थल पुगेको छ । खोजी कार्य सुरु गरेको जनाइएको छ ।

उनीहरूलाइ पहिरोले पुरेको हुनसक्ने शंका गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here