डेंगु निकोपछि अधिकांश व्यक्तिमा देखिन्छन् यस्ता समस्या, के-के कुरामा ध्यान दिने ?

डा. रबीन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ

काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामा नै डेंगु फेला परेको छ । जनस्वास्थ्य विज्ञ डा. रबीन्द्र पाण्डे को अनुसार डेंगु निको भएपछि पनि अधिकांश व्यक्तिलाई ‘सन्चो’ भएको छैन ।

शरीर चिलाउने, भोक नलाग्ने, निद्रा लागिरहने वा कम लाग्ने, रिस उठ्नेर झर्को लाग्ने, मन उदास हुने, आत्मबल कम हुने, हातखुट्टा तथा ढाड दुख्ने र बाउँडिने, हाडजोर्नी दुख्ने, कपाल झर्ने, तौल घट्ने लगायत धेरै स्वास्थ्य समस्या देखिन सक्छ ।

डेंगुमा प्लेट्लेट्स घट्ने तथा अरुचीको कारण पोषण तत्वको अभाव भएको हुन्छ ।

डेंगुको पीडाले गर्दा मनोवैज्ञानिक समस्या पनि देखिन सक्छ । आफ्नो परिवारलाई सर्छ कि ? दोहोर्याएर डेंगु हुन्छ कि ?

पहिलेजस्तो स्वास्थ्य हुँदैन कि भन्ने चिन्ता अधिकांश व्यक्तिमा पाइन्छ । आफूलाई पहिले डेंगु लागेका अनि अन्य परिवारजनलाई डेंगी सरेको केसमा संक्रमितमा ग्लानिबोध हुनसक्छ ।

यी समस्याबाट बच्नको लागि :

१. ज्वरो निको भएपछि बिस्तारा छोड्ने । अलिअलि हिंड्ने । सजिला काम गर्दै जाने ।

२. खानामा अरुची भएपनि पोषिलो खाना तथा झोलिलो पदार्थ खाइरहने । जंक फुड, क्यान जुस, कोल्ड ड्रिंक्स, अल्कोहल, चुरोट सेवन नगर्ने ।

३. पोषणको अभावमा ब्लडप्रेसर कम छ भने जीवनजल पानी खाइरहने ।

४. भिटामिन डी, भिटामिन बि १२, एन्टिअक्सिडेन्ट र रगत बढाउने खाना तथा सप्लिमेन्ट सेवन गर्ने ।

५. हल्का ब्यायाम गर्ने ।

६. योग, प्रणायाम तथा रसायन अर्थात् (अमला, किवी, मेवा, अनार, जुनार, पालुंगो, च्यवनप्राश ) सेवन गर्ने ।

७. धेरै साथी तथा आफन्तसंग सम्पर्कमा रहने ।

८. मन बहलाउन कमेडी फ्लिम, उर्जाबर्धक स्पिच सुन्ने/ हेर्ने ।

९. आत्मबल बलियो बनाउने प्रयास गर्ने ।

१०. समयसमयमा चिकित्सकसंग आफ्नो स्वास्थ्य अवस्था जानकारी गराएर आवश्यक परीक्षण गर्ने ।

११. कमजोरी रहेसम्म मनोनिग्रह तथा इन्द्रिय निग्रह गर्ने।ब्रह्मचर्य पालना गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here