शाओमीका मोबाइल फोनमा रु. ५ सयदेखि ३ हजारसम्म छुट

.
काठमाडौँ, २४ असोज । शाओमीले तिहारको अवसर पारेर सिमित अवधिको लागि आफ्ना मोबाइल सेटहरुमा मूल्य छुट दिएको छ ।

यो अफरअन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १ हजार, शाओमी १२ सिरिजमा रु. ३ हजार र भर्खरै लन्च गरिएको पोको एमफाइवमा रु. ५ सयसम्म छुट पाउने छन् । यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुनेछ ।

शाओमी नेपालका कन्ट्रि जनरल म्यानेजर, अमित कुमार पंडाका अनुसार कम्पनीले तिहारको अवसरमा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here