इन्भेष्टमेन्ट प्रोफेसनलको उद्घाटन, सिएफएको सम्मेलन आगामी शुक्रबार

क्लाउडपत्रिका

काठमाडौं, २९ माघ । नेपालका समग्र वित्तीय विश्लेषकहरुको संस्था एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको स्थापना भएको छ ।

सो संस्थाको औपचारिक उद्घाटन तथा क्रियाशिल चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए)हरुको सम्मेलन आगामी फागुन ३ गते (शुक्रबार) काठमाण्डौमा हुने भएको छ । सम्मेलनमा चार्टर फाइनान्सियल एनालिष्टको क्षेत्रका सक्रिय स्वदेशी तथा विदेशी विज्ञहरु, यसमा अध्ययरत विद्यार्थीहरु, यस क्षेत्रसँग सम्बन्धित नियामक निकाय धितोपत्र बोर्डका प्रतिनीधिहरुका साथै बीमा, बैकिङ, मर्चेण्ट बैकिङ क्षेत्रका प्रतिनीधिहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा १३० जनाको सहभागीता रहने छ ।  नेपालमा समग्र सामाजिक हितको लगानी  र पुँजीबजारमा नैतिक व्यावसायिकताको अध्ययन तथा अनुसन्धान गर्ने उदेश्यले खोलीएको एशोसियसनको औपचारीक उद्घाटन भने नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत लगायतका साथै विदेशी विज्ञहरु समेत सहभागी हुनेछन् । एशोसियसनका अध्यक्ष डा. मनोज शाहीले सानातिना लगानीकर्ताको हितका लागि र समग्र वित्तिय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधिहरु बढाउने बताए ।

हाल यसमा सीएफए पूरा गरेका एनालिष्टहरु १२ जना मात्र छन् भने ३१७ विद्यार्थी अध्ययरत छन् । अन्र्तराष्ट्रिय क्षेत्रसँग सम्बन्ध राखेर वित्तिय विश्लेषण र यससँग सम्बन्धित विभिन्न कामहरु अघि बढाउन लागेको अध्यक्ष शाहीले जानकारी दिए । गत बर्षको अप्रिलमा दर्ता भएको एशोसियसन गैर नाफामूलक संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here