हिमाल चढ्न ६७ देशका आरोहीले लिए अनुमति, ६ करोड ७१ लाख रुपैयाँ रोयल्टी संकलन

फाइलफोटो

काठमाडौं । सन् २०२२ जनवरी १ देखि अक्टुबर ११ सम्ममा हिमाल आरोहणका लागि १०१ आरोही समूहका ८२२ भन्दा आरोहीले आरोहण अनुमति लिएका छन् ।

पर्ययटन विभागका अनुसार आरोहीमध्ये ६३१ जना पुरुष र १९१ जना महिला रहेका छन् ।

यो सिजनमा ३४ वटा हिमाल आरोहणका लागि आरोहीले अनुमति लिँदा ६ करोड ७१ लाख २० हजार १३१ रुपैयाँ राजस्व रोयल्टी संकलन भएको छ ।

नेपालीसहित हिमाल आरोहणका लागि यस वर्ष ६७ देशका आरोहीहरू नेपाल आएका छन् ।

यो अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका ४०४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले ८ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here