संयुक्त राष्ट्रसंघद्धारा युक्रेनमाथि रुसी आक्रमणको खेद प्रस्ताव पारित, नेपालको मत पक्षमा

काठमाडौं,२७ असोज । संयुक्त राष्ट्रसंघको साधारणसभाबाट युक्रेनमाथि रूसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भत्सर्ना गर्दै खेद प्रस्ताव पारित भएको छ । नेपालसहित एक सय ४३ सदस्य देशले प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

बुधबार भएको मतदानमा १ सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन्। चीन र भारतसहित ३५ देश मतदानको समयमा अनुपस्थित रहे । उक्त प्रस्तावमा भनिएको छ,– ‘रूसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रूपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ। साथै संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र र संगठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’

उक्त प्रस्तावको रूसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनलाई समर्थन गर्ने देशहरूप्रति आभारी रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here