टोयोटाद्धारा धोबीखोला कोरिडोरमा ३ सय ६० वृक्षरोपण

काठमाडौं, ११ साउन । नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले काठमाडौंको धोबीखोला कोरिडोरमा सनिबार ३ सय ६० बिरुवा रोपेको छ । कम्पनीले स्थानीयबासीको सहकार्यमा एकै दिन त्यत्ति बिरुवा रोपेको हो ।

कम्पनीले आनन्दनगर धुम्बाराही बैजनी पुलदेखि पहेँलो पुलसम्मको धोबीखोला कोरिडोरका दुवैतर्फ करबीरका बिरुवा रोपेको छ । धेरै अग्लो नहुने करबीर जातका बिरुवा सधैं हरियो रंगको हुन्छ र यसमा गुलाबी रंगको फुल लाग्छ ।

हाम्रो यो सानो प्रयासले शहरलाई अझ स्वच्छ र हराभरा बनाउन मद्दत पुग्नेछ, कम्पनीले भनेको छ ।

वृक्षरोपण कार्यक्रममा प्रदेश नं ३ का सांसदहरु नरायण सिलवाल र सिता अधिकारी र वैद्यज अर्गनाइजेशनका अध्यक्ष सूरज वैद्यको उपस्थिति रहेको थियो ।
शहरलाई स्वच्छ राख्ने सरकारी योजनामा टोयोटा र युनाइटेड ट्रेडर्सले सानो प्रयास गरेको वैद्यको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here