शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं, ३० असोज । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here