स्टाइलिस्ट क्रिकेटरको यादगार विदाई

आफ्नो देशभन्दा बढी विदेशी फ्यानका प्यारा क्रिकेटर लासीथ मालिङ्गाले एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटबाट विदाई लिएका छन् ।

अन्तरराष्ट्रिय क्रिकेटमा कूल ३३८ विकेट लिएका मालिंगा क्लव क्रिकेटका लोकप्रिय खेलाडी हुन् ।

छोटो फम्र्याटका क्रिकेटमा उनी सबैभन्दा सफल बलर छन् । उनी आइपीएलमा मुम्बई इण्डियन्सका मूख्य खेलाडी हुन् ।

शुक्रबार साँझ सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई ९१ रनले पराजित ग¥यो । उक्त खेलमा मालिंकाले ३ विकेट लिए ।

किफायति बलिङ गरेका मालिंगाको विदाईलाई श्रीलकांले सानदार बनायो । बंगलादेशसँगको तीन खेलको श्रृङ्खलामा श्रीलंकाले १–० को अग्रता लियो ।

मालिंगाले अब बाँकि करियर अष्टे«लियामा बिताउने तयारी गरिरहेका छन् ।

उनले अष्टे«लियाका लागि मागेको पीआर अष्टे«लियाले स्वीकार गरिसकेको छ । उनी अब प्रशिक्षणमा व्यस्त रहने तयारीमा छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here