एनसीसी बैंकको लाभांश घोषणा, प्राथमिकतामा नगद

काठमाडौं, ३० असोज । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले लाभांश घोषणा गरेको छ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयर धनीलाई ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

अघिल्लो वर्ष बैंकले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद दिएको थियो।

बोनस वितरण पछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५१ करोड ४६ लाख रुपैयाँ पुग्नेछ। प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि शेयर धनी पाउने बैंकले जनाएको हो।

कुमारी बैंकसँग मर्जरमा जान हाल यस बैंकको सेयर कारोबार रोक्का रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here