साताका १० कम्पनी, जसको भयो धेरै कारोबार

काठमाडौं ११, साउन । यो साता सेयर बजारमा धेरै कारोबार भएका प्रमुख कम्पनीमध्ये सात वटा वाणिज्य बैंक छन् । बाँकी तीन वटामा बीमा, सिमेन्ट र जलविद्युत कम्पनी छन् ।

पाँच दिनको कारोबारमा प्रमुख १० कम्पनीको मात्र ८४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो साताको कुल सेयर कारोबारको करिब ४३ प्रतिशत हो ।

यो साता सबैभन्दा धेरै सेयर कारोबार हुने कम्पनीमा नेपाल बैंक परेको छ । सो अवधिमा यो कम्पनीको १३ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, दोस्रोमा कृषि विकास बैंक र तेस्रोमा प्रभु बैंक छन् । चौथोमा नेपाल लाइफ इन्स्योरेन्स, पाँचौमा सिभिल बैंक, छैंठौमा नविल बैंक, सातौमा शिवम् सिमेन्ट, आठौंमा अपर तामाकोशी, नवौमा एनआईसी एसिया बैंक र दशैंमा मेगा बैंक रहेको नेप्सेले जनाएको छ ।

यो साता नेप्से सामान्य अंकले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here