बुधवार दिउँसो ४ घण्टा ग्लोबल आइएमई बैंकको एटीएम कार्ड नचल्ने

काठमाडौं । कात्तिक २ गते (बुधवार) ४ घण्टा ग्लोबल आइएमई बैंकका कुनै पनि कार्ड तथा एटीएम सेवा नचल्ने भएको छ । बैंकका कार्ड र एटीएम दिउँसो १:३० बजेदेखि ५:३० बजेसम्म नचल्ने भएका हुन् ।

बैंकको कार्ड स्वीचिङ सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको नेटवर्क स्वीचमा कार्ड नेटवर्कको म्यानडेट इन्स्टल गर्नुपर्ने भएकाले कार्ड र एटीम सेवा बन्द हुने भएको हो ।

सो अवधिमा विद्युतीय कारोबारका अन्य माध्यम प्रयोग गर्न बैंकले ग्राहकमा अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here