अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, अझै माथि जाने संकेत

काठमाडौं, २ कात्तिक । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधवार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ८ पैसा कायम भएको छ ।

यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरो एकको खरिद दर १ सय २९ रुपैयाँ १५ पैसा र बिक्री दर १ सय २९ रुपैयाँ ७४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १ सय ४८ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ८८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।अमेरिकी डलरको भाउ नयाँ बिन्दुमा पुग्दा त्यसबाट अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव पर्न जान्छ ।

आयातमुखी अर्थतन्त्र भएको नेपालमा डलरको मूल्य बढ्दा त्यसले महँगी बढाउने र जनजीवन प्रभावित पार्ने छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्किँदा त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो ।

आयातमुखी अर्थतन्त्र भएको नेपालमा डलरको मूल्य बढ्दा त्यसले महँगी बढाउने र जनजीवन प्रभावित पार्ने छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्किँदा त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो ।

यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here