७७ वटै जिल्लामा राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुगेको छ ।

सर्लाही जिल्लाको मलंगवा न.पा.वडा न.९ स्थित शाखा कार्यालयमा सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो ।

वाणिज्य बैंकहरुमध्ये सात प्रदेशको ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यस अघि नै पहिलो बैंकको रुपमा बैंकिङ्ग पहुच पुर्याइ रहेको छ ।

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब रुपैयाँ र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

आ.व. २०७८/७९ मा बैंकको शेयरधनी कोष ३३ अर्ब ४८ करोड रुपैयाँ र कुल सम्पत्ति ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here